सुदुरपश्चिममा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

July 6, 2020

कैलाली । आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ६९ पुगेको छ ।


रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १७, उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ३ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट ४९ जनामा संक्रमण पुस्टी भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

पुष्टि भएका मध्ये कैलालीका २० पुरुष र १० महिला, कञ्चनपुरका २० पुरुष र ८ महिला, बैतडीका ३ पुरुष, डडेल्धुराका ७ पुरुष र १ महिला रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रकाशित मिति:July 6, 2020