मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट

  Sampatti News Online

May 14, 2023

 काठमाडौं । मोदी इनर्जी लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म निष्कासन गरेको आईपीओ ३१ वैशाख, आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटलले बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्काशन गरेको थियो । कर्मचारीहरुका लागि छुट्याइएको सेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्तासहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता सेयर सर्वसाधारण्मा बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:May 14, 2023