शेयर बजारमा सामान्य सुधार

  Sampatti News Online

May 16, 2023

काठमाडौं ।मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।

आज नेप्से ३.२९ अंकले बढेर एक हजार ८ सय २१ दशमलब ६० विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ३.३४ अंकले घटेर एक हजार ८ सय १८ दशमलब ३१ विन्दुमा बन्द भएको थियो । 

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक घटेका हुन्।

नेप्से बढेपनि कारोबार रकममा भने सुधार देखिएको छैन । आज नेप्सेमा ६२ करोड एक लाख १७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार नेप्सेमा ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो । 

आज कारोबार भएका १३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ६३ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८४८.६० रुपैयाँ पुगेको छ ।   

नेप्सेका अनुसार माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंक भएको छ । यस कम्पनीको आज पाँच करोड एक लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित मिति:May 16, 2023