स्थापनाको ५०औं वर्षमा नेपाल वैंक कटहरियाको  भवन निर्माण हुँदै

  Sampatti News Online

May 18, 2023

रौतहट ४ जेठ। रौतहटको चर्चीत बजार कटहरियामा नेपाल बैंक लिमिटेड स्थापना भएको ५० औं बर्षमा आफ्नै भवन निर्माण हुनलागेको छ। २०३० सालमा कटहरिया बजारमा स्थापना भएको नेपाल वैंकको बल्लतल्ल आफ्नै भवन निर्माण हुन लागेको हो। ईलाका प्रहरी कार्यालय कटहरीयाको अगाडि बैंकको आफ्नै जग्गामा भवन निर्माण हुन लागेको छ। वैंकको आफ्नै नाउँमा दर्ता रहेको दुईकठा क्षेत्रफल जग्गामा कूल २ करोड,६४ लाख ६३ हजार ४४० रुपैयाँको लागतमा भवन निर्माणको ठेक्का भएकाे हो। टेण्डर प्रक्रिया अनूसार कन्चन कन्स्ट्र्सन कम्पनीले ठेक्का सम्झौता गरेको नेपाल बैंक लिमिटेड कटहरियाका शाखा प्रबन्धक आनन्द कुमार यादवले बताएका छन।

२०८० फागुन १४ भित्र भवन निर्माण अवधी रहेको प्रबंधक यादवले जानकारी दिएका छन। २०३० सालमा कटहरियामा बैंक स्थापना पछि लगातार ३० वर्षसम्म सो क्षेत्रमा सेवा प्रदान गरेकाे थियाे। तत्कालिन विद्रोही माओबादी र सरकार बीच सशस्त्र द्वन्द हुँदा २०६२ सालमा असुरक्षाको कारण देखाउँदै बैंक गौर स्थानान्तरण भएको थियो। केहि समय कटहरिया शाखाको नामले छुट्टै सेवा दिएको पछी नेपाल बैंक गौर शाखामा मर्ज गरिएको थियो। देशका अबस्था सामान्य हुँदा १० बर्ष पछि २०७२ साल देखि नेपाल बैंकले कटहरियामा पुनः सेवा दिँदै आएको छ। हाल कटहरिया शाखामा झण्डै ११ हजार ग्राहक रहेका छन। कटहरिया शाखामा नगद,कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा , आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबंधक यादवले जानकारी दिएका छन। कटहरिया शाखा स्थापना कालदेखि नै बर्षेनी नाफामा रहँदै आएको जनाइएको छ।

प्रकाशित मिति:May 18, 2023