माछपुच्छ्रे बैंक चन्द्रनिगापुरमा सेवाग्राहीको खाताबाट ९ लाख गायब

  Sampatti News Online

May 23, 2023

रौतहट । माछापुच्छ्रे बैक चन्द्रनिगापुर शाखाबाट एकजना सेवाग्रही रामेश्वर राय यादवको खाताबाट ९ लाख रकम गायब भएको बाहीर आएको  छ ।बृन्दावन नगरपालीका  ३ घर भएका  यादब आईतवार ८ लाखको चेक साट्न जाँदा खाताबाट रकम ९ लाख गायब भएको बाहीर आएको हो। ३ दिन अघिमात्र उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो।

बिहिबार बिहान यादव स्वयंले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमाजम्मा गर्न चेक दिएका थिए ।उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको शुक्रवार अपरान्ह ३ बजे मोबाईलमा म्यासेज आएको यादबको भनाई छ। आईतवार कार्यालय समयमा ८ लाखको चेक लिएर बैंकमा साट्न जाँदा खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले बताए पछि आफू चकित भएकाे यादवले जानकारी दिएका छन।

बैंकको शाखा प्रमुख रामजी दास संग खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्दा सहजरुपमा ह्याकरले पैसा लगेको हुनसक्ने जवाफ दिएको थियो ।  रकम गायब भएकाे अवगत हुँदा पनि शाखा प्रमुख दास आफनो जिम्मेवारीबाट पन्छिरहेका छन । प्रमूख दासले  सेवाग्राहि यादवलाई आफै पत्ता लगाउस भन्दा स्थानियहरु तथा आफन्त  बैंकमा जम्मा भएर होहल्ला समेत गरेका थिए। लगत्तै 

ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट बैंकमा गएको प्रहरीको टोलीले घटना बारे अनुसन्धान थालेको जनाएको छ ।  चन्द्रपुर शाखाका कर्मचारीको मिलोमतोमा पैसा गायब भएको सेवाग्राहि यादवले दाबी गरेका छन । 

सेवाग्राही रामेश्वर यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाईल प्रयोग गरि रकम निकालेको देखिन्छ। उनकाे खाताको रकम सिटिजन, सानीमा बैंकमा ट्रान्सफर भएको माछपुच्छ्रे बैंक चन्द्रनिगाहपुरका  प्रमुख रामजी दासले बताएका छन । बैंकले स्टेटमेन्ट दिन समेत आनाकानी गरेको पीडितको दाबी छ। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमूख डिएसपि एकनारायण कोईरालाले घटना बारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन।

प्रकाशित मिति:May 23, 2023