पटवारीले “मालिक”ठग्नखोज्दा साथीको लाईसेन्स चैट 

  Rishi Kumar Yadav

May 24, 2023

रौतहट १० जेठ। पारिवारिक डक्टर, पारिवारिक कानूनी सल्लाहकार वकिलकै बराबर मान सम्मान हुन्छ पारिवारिक पटवारी अर्थात लेखनदासको पनि। जुन सुकै ठउँमा बसोबास गर्ने मानिस घर परिवारमा कुनै विरामी हुँदा आफ्ना नजिक मानिने पारिवारीक डाक्टर संग, कानुनी समस्या भएमा पारिवारीक वकिल संग सलाह गर्दछन। मालपोत नापी, भूमिसुधार लगायत कार्यालय संग सरोकारको बिषय भएमा प्रायः आफ्नो नजिकको सधैं सम्बन्ध हुने पारिवारीक पटवारी संग सरसल्लाह गरिन्छ। उक्त कार्यालय मातहतको कुनै कागजात तयार गर्नुपरेमा आफु संग भएकाे सम्बन्धित सम्पूर्ण कागजात पटवारी लेखनदास लाई सुम्पिन्छ ।

लेखनदासले आवश्यकता अथवा सहुलियत अनुसार लेखपढ गरी कागजात तयार गर्ने गर्दछन। तर रौतहटमा भने एकजना लेखनदासले मोहीको वारेसनामा लाई नै  १५ लाख रुपैयाँको कपाली तमसुक बनाएर जिल्ला अदालतमा मुद्दा गरेकाे घटना बाहिरिएको  छ। साबिक मुडवलवा गाविस ६ हाल गौर नगरपालिका १२ घर भई गौर बजारमै लेखापढी व्यवसाय गर्दैआएका लेखनदास सुचिन्द्र प्रसाद यादवले मोहिधनिको लीफा लाई १५ लाख रुपैयाँको तमसुक बनाएर जिल्ला अदालतमा मुद्दा गरेका थिए। १५ लाख रुपैयाँको मुद्दा गर्दा न्यायाधीशको सुझबुझ तथा प्रमाणको आधारमा तमसुक लाई गलत ठहर गर्दै लेखनदास यादवले अदालतमा राखेको धरौटी समेत  जफत 

गरिएको छ। घटना बिवरण अनूसार कटहरिया ४ का रामविलास दासको श्रीमती सम्झना दासको नाउँमा दर्ता कायम रहेको कटहरिया ५ को ७ कठा १० धुर जग्गाको मोहीधनी सोहि वडाका रामचन्द्र महतो कोईरी रहेका थिए। महतोले मोहीहक बापतको जग्गा छुट्याउन भनेर लेखनदास सूचिन्द्र यादव मार्फत भूमिसुधार कार्यालय गौरमा उजुरी दिएका थिए। जग्गाधनी दाश र महिधनी कोईंरी बीच मुद्दा चलिरहेकै क्रममा २०७१ साल वैशाखमा मोहिधनी ६० वर्षिय महतोको हृदयघातको कारणबाट आकस्मिक निधन भएको थियो। बुबाको निधन पछि छोरा सन्तोष महतो  काईरीले उक्त माेहीहक आफनो नाउँमा नामसारी गराएका थिए। सोहि मोहीहक वापतको जागा छुट्याउनको  लागि भुमिसुधार कार्यालय गौरमा मुद्दा चलिरहेकै क्रममा सन्तोष महतो लाई बाहीर जानुपर्ने अवस्था आउँदा लेखनदास यादव लाई वारेसनामा दिएका थिए।

लेखनदास यादवले सोही वारेसनामाको लेखत लीफा लाई १५ लाख रुपैयाँको कपाली तमसुक बनाएर राखेका थिए। सोहि तमसुकको आधारमा लेखनदास यादव ले  २०७१कार्तिक २८ गते सावाँ ब्याज समेत गरी कूल १८लाख ७६ हजार ६६७ रुपैयाँ पाउँ भनेर मोहिधनि संतोष महतो कोईरी माथी जिल्ला अदालत गौरमा मुद्दा गरेका थिए। मुद्दामा कोईरीको तर्फ बाट अधिवक्ताहरू साबिर हुसैन, महरुल हक, शैलेन्द्र कुमार बर्मा,र शिव वहादुर कोईराला तथा यादवको तर्फ बाट अधिवक्ताहरू दिलिप कोईराला, शान्ती प्रसाद सुवेदी,र रामदरेस प्रसादले बहस गरेका थिए। लेखनदासले अदालतमा पेस गरेको तमसुकको विधिबिज्ञान काठमाण्डौ बाट जाँच, लेखनदासको बैंक खाताको अबस्था तथा प्रमाणहरुको आधारमा जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको ईजलासले उक्त कपाली तमसुक लाई गलत ठहर गरेको छ।

साथै लेखनदास सुचिन्द्र यादवले मुद्दा गर्दा राखेको धरौटी रकम २२ हजार ५३६ रुपैयाँ जफत गर्ने आदेश दिएको छ। लेखनदास सुचिन्द्र यादवले पेस गरेको कपाली तमसुकमा साक्षी वसेका अर्का लेखनदास गौर १२ का मिश्री लाल महतो लाई १ लाख २५ हजार रुपैयाँ जरिबाना र उसको प्रमाणपत्र समेत रद्द गरेकाे छ। यादवले मुद्दा गर्दा रोक्का गराएको सन्तोष महतो कोईरिको कटहरिया ५ कीता नम्बर २३११ को २ कठा जग्गा समेत न्यायाधीश पन्तको आदेस फुकुवा भएकाे छ। लेखनदास सुचिन्द्र यादव लामोसमय देखि लेखापढी गर्दै कैयौं मानिस लाई नक्कली तमसुकको आधारमा करोडौं ठगी गरिसकेको पीडित कोईरीले गुनासाे गरेका छन।

यसरी पारिवारीक सरह मानिएका लेखनदासले वारेसनामा लाई कपाली तमसुक बनाएर सेवाग्राहि माथी लाखौंको मुद्दा गर्छ भने कुनै पनि सेवाग्राहीले लेखनदास माथी कसरि विश्वास गर्ने आफैमा ठूलो प्रश्न खडा भएको जनकपुर बाट प्रकाशित आजको मधेश दृष्टि दैनिक पत्रीकामा रौतहट बाट सञ्जय मिश्राले लेखका छन।

प्रकाशित मिति:May 24, 2023