सिटिजन्सका ग्राहकलाई रन्जना सिनेप्लेक्सले छुट दिने

  Sampatti News Online

May 24, 2023

माधव अधिकारी,

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलका कार्ड बाहक ग्राहकहरूलाई न्युरोडस्थित रन्जना सिनेप्लेक्सले छुट दिने भएको छ ।

बैंक र सिनेप्लेक्सबीच सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले रन्जना सिनेप्लेक्सको टिकट खरिदमा ५% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न प्रेरित गर्ने बैंकले जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग एकाइबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:May 24, 2023