सिटिजन्स बैंक र के.एफ.डब्लू डेभलपमेण्ट बैंक, जर्मनीबीचपुर्नकर्जा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

  Sampatti News

May 24, 2023

माधव अधिकारी, काठमाडौँ । लघु, घरेलु तथा साना उद्यम व्यवसायमा प्राथमिकताका साथ कर्जा प्रवाह गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनलाई के.एफ.डब्लू डेभलपमेण्ट बैंकले गत पुनकर्जा वापत यूरो ३५लाख तथा यूरो ५ लाख बराबरको प्रावधिक सहयोग गर्ने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमार्फत नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि जर्मनीस्थित के.एफ.डब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकबीच ग्रामीण तथा अर्ध सहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना– ३ अन्र्तर्गत सो सहयोग प्रदान गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । नेपालसंग जर्मन वित्तीय सहयोग परियोजना अन्र्तगत के.एफ.डब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंक संगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रर्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ ।
हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्रको दिगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा साना उद्यम क्षेत्रको विकाश हुनुपर्छ भन्ने मूलमन्त्रलाई स्थापनाकालदेखि नै स्वीकार गर्दै आएको बैंकले उक्त शीर्षक अन्तर्गत हालसम्म २१,५२६ व्यवसायलाई रु. २५ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यस मध्ये २८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियतव्याजदरमा रु २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । उक्त कर्जाबाट नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तीकरणमा टेवा पुग्ने बैंकले जनाएको छ । यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजनाअन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्नवर्गका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हालसम्म ५४९२ मध्यम तथा विपन्न परिवारलाई व्यवसाय गर्न रु ७६ करोड कर्जा प्रवाह गरिसकेको छ । ग्रामीणस्तरमा रहेका विपन्नवर्गलाई समूहमा आबद्ध गरी कर्जा प्रदान गर्दा ग्रामीण क्षेत्रका नागरिक व्यवसायमा संलग्न भई लाभान्वित हुदै जाने छन् भन्ने विश्वासका साथ बैंकले परियोजना अन्तर्गत कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, ब्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पु¥याउने बैंकले जनाएको छ ।

प्रकाशित मिति:May 24, 2023