सात दिनमा करिब १४२ अंक बढ्यो नेप्से

  Sampatti News Online

May 24, 2023

काठमाडौं ।नेप्से परिसूचक निरन्तर सातौँ कारोबार दिन उकालो लागेको छ। गत साताको मंगलबारदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। आज नेप्से १६.४९ अंकले बढेर एक हजार ९ सय ५९ दशमलब १२ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ५१.३१ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा बन्द भएको  थियो ।

शेयरबजार बढे पनि कारोबार रकम भने घटेको छ । आज एक अर्ब ८७ करोड ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १३१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५०३ रुपैयाँ पुगेको छ । त्यस्तै, युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ३० हजार ७९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:May 24, 2023