मौलापुरमा चोरको बिगविगी बढदै

  Sampatti News Online

May 30, 2023

मौलापुर ।  गए राति मौलापुर नगरपालिका वडा नं. ५ रामबालक पटेलको घरमा चोरी भएको छ । आज विहान उठदा करिब ४ बजे हेर्न जादा घरको मुल ढोकाको ताला काटी घर भित्र रहेको करिब १ लाख बराबरको धन माल चोरी भएको छ ।

मसुरी ५ क्वीन्टल, गहु १५ क्वीन्टल, बिद्युत मोटर २ थान, बिद्युत मीटर १ थान लगायत अन्य सामाग्री चोरी भएको घर धनी रामबालक पटेलले जनाएको छ ।

उक्त घरबाट पटकपटक चोरी भएको र केही दिन अघि बद्री मार्केटबाट तीन थान मोटरसाइकल चोरी हुदा एक थान मोटरसाइकल समेत फेला परिसकेको अवस्थामा दुई थान मोटरसाइकलको अवस्था अझ अज्ञात रहेको हुदा मौलापुर इलाका प्रहरी कार्यालयले यावत चोरीका घटनाहरुमा चासो नलिएको स्थानियहरुले बताएका छन ।

प्रायः जसो चोरी राति कै समयमा भएको हुनाले रातिको समयमा प्रहरीले गस्ति नगरी मौलापुर नगरपालिकाको आइ. टी. चौकमा मात्र जागराम बसी नगर भित्र अन्य वडाहरुमा गस्ती नगरेको हुनाले चोरीका घटनाहरु हुदै गरेकोले प्रहरी माथी आमजनमानसको विश्वास घटिरेहको स्थानियहरुको भनाइ रहेको छ ।

ज्ञानेन्द्र कुमार कर्ण ।

प्रकाशित मिति:May 30, 2023