महाप्रबन्धकले आफ्नै श्रीमतीलाई बनाए लेखा प्रमुख, राजश्वबाट लेखामा श्रीमतीको सेवा परिवर्तन

  Sampatti News

May 30, 2023

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले आफ्नी हालैमात्र श्रीमतीको सेवा नै परिवर्तन गरेर लेखा समूहमा ल्याई विमानस्थलको लेखा प्रमुख बनाएका छन् । विमानस्थलका महाप्रबन्धक तिवारीले राजश्व समूहको कर्मचारी रेनु तिवारीलाई सेवा परिवर्तन गरी आफ्नै कार्यालयको लेखा प्रमुखको जिम्मेवारी दिएपछि उनी विवादमा तानिएका हुन् । तिवारीले श्रीमतीलाई आफैंले नेतृत्व गर्ने कार्यालयको लेखा शाखाको जिम्मा दिएपछि कर्मचारीहरुले आपत्ति जनाएका छन् ।
राजश्व समूहका कर्मचारीलाई साधरणतया राजश्व अनुसन्धान विभाग, भन्सारले खटाउँछ भने लेखा समूहको कर्मचारीको सरुवा गर्ने काम महालेखा नियन्त्रकले गर्दै आएको छ । नियम अनुसार,उपसचिव तहसम्मका यी कर्मचारीहरुलाई एउटा सेवा समूहबाट अर्काे समूहमा लैजान मिल्दैन तर महाप्रवन्धक तिवारीले भने नीति नियमलाई मिचेर लेखा समूहको कर्मचारीलाई राजश्व समूहतर्फ लगेका हुन । सेवा परिवर्तन गर्ने परेको खण्डमा लोकसेवाको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।तर नागरिक उड्डयन प्राधिकरणले भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुलाई निजामती सेवा ऐनले निर्देशित नगर्ने र त्यहाँका कर्मचारीहरु छुट्टै ऐनबाट चल्ने प्रतिक्रिया दिएको छ ।तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर राम्रो कार्यसम्पादन गर्दागर्दे जालझेल गरी निलम्बनमा परेसँगै चार महिनाअघि महानिर्देशक प्रतापबाबु तिवारी पठाइएका थिए ।

प्रकाशित मिति:May 30, 2023