आधिकारीक रुपमै टुंगियो डब्लुएचओ र अमेरिका बिचको सम्बन्ध

  Sampatti News

July 8, 2020

एजेन्सी । अमेरिकाले स्वास्थ्य क्षेत्रको विश्वकै सबैभन्दा ठूलो निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग आधिकारिक रुपमा सम्बन्ध टुंगाएको बताएको छ । मंगलबार अमेरिकाले डब्लुएचओसँग आधिकारिक सम्बन्ध टुंगाएको जानकारि गराएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओले कोरोना भाइरस फैलाउने मामिलामा चीनलाई बनाउँदै आएको भन्दै विरोध गर्दै आएका थिए । अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आफ्नो अनुदानसमेत ट्रम्पले रोकिदिएका थिए ।

विश्वभर कोरोना भाइरसका कारण एक करोड १८ लाख ५४ हजारभन्दा बढी मानिस स‌क्रमित भएका छन् । जसमा ६८ लाख १४ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति:July 8, 2020