रेशम चौधरीलाई आममाफी दिएकोप्रति एमालेको गम्भीर आपत्ति

  Sampatti News

June 3, 2023

काठमाडौँ । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आममाफी दिएकोप्रति नेकपा एमालेले गम्भीर आपत्ति व्यक्त गरेको छ । एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकमा आममाफी प्रकरणका सम्बन्धमा व्यापक छलफपश्चात् रिहाइले दण्डहीनतालाई संस्थागत गर्ने निष्कर्ष निकालेको पार्टी श्रोतले जनाएको छ । यसले सुरक्षाकर्मीको मनोबल गिराउनुका साथै विधिको शासनलाई चुनौति दिएको पार्टीले जनाएको छ । बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आममाफीले गम्भीर प्रश्न उठाएको भन्दै यसले सर्वसाधारणको पीडामा नुनचुक छर्किने काम गरेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति:June 3, 2023