असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

  Sampatti News

June 8, 2023

काठमाडौँ । आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सडक खन्न रोक लगाएको हो।

वर्षायाममा विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गर्न नसकिने भएकाले सडक खन्न रोक लगाइएको हो।

कार्यालयले कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिनेसमेत चेतावनी दिएको छ।

‘सडक पनि थप बिग्रिँदै जाने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ,’ सूचनामा उल्लेख छ।

हरेक वर्ष कार्यालयले यसरी सूचना निकालेपनि सरकारी निकायबीच समन्वय नहुँदा वर्षायाममा सडक खनेको पाइन्छ।

प्रकाशित मिति:June 8, 2023