स्थायी समितिको बैठक आजपनि स्थगित, एकसाता पछिलाई सारियो

  Sampatti News

July 10, 2020

काठमाडौँ । नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ। समितिको बैठक एक साताका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

देशभर भईरहेको अविरत वर्षा र केही जिल्लाहरुमा भएको जनधनको ठूलो क्षति भएको र अझै पनि बाढी पहिरोको उच्च जोखिम भईरहेको स्थितिमा सम्पूर्ण पार्टी पंत्तिलाई उद्धार एवं राहातमा जुट्न निर्देशन दिँदै बैठक स्थगित गरिएको श्रेष्ठले बताए।

श्रेष्ठले ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी के केन्द्रीय कार्यसमितिको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ’, ट्वीटरमार्फत जानकारी दिएका छन् ।

आन्तरिक विवादले यसअघि पनि स्थगित हुँदै आएको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको थियो।

प्रकाशित मिति:July 10, 2020