‘चलचित्र नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ आजदेखि प्रदर्शन हुँदै

  Sampatti News Online

June 9, 2023

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ आजबाट प्रदर्शनमा आएका छन् ।

फूलमान बल निर्देशित चलचित्र ‘नीरफूल’ र सरोज पौडेलको निर्देशन रहेको ‘वेल कम टु हेम्जाकोट’ एकैसाथ प्रदर्शनमा आएको हुन् ।

परिवारको खुसीका लागि परदेश गएका बेला नेपालमा आएको भूकम्पले परिवार तहसनहस पारेको कथा चलचित्र ‘नीरफूलमा रहेको छ ।

चलचित्रमा दयाहाङ राई, जिग्मे छोकी घिसिङ, शान्ति वाइवा, राजन खतिवाडा, बुद्दि तामाङ, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

‘वेल कम टु हेम्जाकोट’ समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको सिनेमा हो । यसले वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उतार चढावलगायतका विषयवस्त उठान गरेको छ ।
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सिनेमा तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको सिनेमामा सरोज पौडेलको लेखन तथा निर्देशन छ ।

प्रकाशित मिति:June 9, 2023