पशुपति दर्शनबारे बाबुरामको टिप्पणी : जब पूरै मन्त्रिमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ

  Sampatti News

June 11, 2023

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूरै मन्त्रिमण्डल पशुपति दर्शनका लागि गएपछि सामाजिक सञ्जालमार्फत् टिप्पणी गरेका छन्।अध्यक्ष डा.भट्टराईले एक्लै धार्मिक स्थल जाँदा प्रश्न उठाउन नमिल्ने तर पूरै मन्त्रिमण्डल जाँदा चाहिँ राजनीति र प्रश्न हुने बताए।

उनले ट्वीटरमा लेखेका छन्, नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’ एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठउन मिल्दैनस त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रिमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल शनिबार पहिलो पटक पशुपतिनाथको पनि दर्शन गरेका छन्।

उनी परराष्ट्र, अर्थ, ऊर्जा मन्त्रीहरूसहित छोरी गंगालाई लिएर पशुपतिनाथ मन्दिर प्रवेश गरेका थिए।

प्रकाशित मिति:June 11, 2023