कालीकोट जीप दुर्घटनामा परी तीनको मृत्यु

  Sampatti News Online

June 11, 2023

काठमाडौँ । कालीकोटको शुभकालिका गाउँपालिका– ६ गविरामा गएराति लु१च ८४९८ नम्बरका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

दुर्घटनामा परेर जीप चालक शुभकालिका– २ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले– ३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए।

प्रकाशित मिति:June 11, 2023