सजाय निर्धारण नहुँदै सर्वोच्च पुगे शर्मा

  Sampatti News Online

June 12, 2023

काठमाडौँ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका निलम्बित सहसचिव चुडामणि शर्मा सजाय निर्धारण नहुँदै सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई दोषी ठहर गर्ने क्रममा विशेष अदालतले न्यायका आधारभूत मूल्यमान्यता र सिद्धान्त लत्याएको दाबी गर्दै सर्वोच्चमा रिट पेश गरेका हुन् ।

‘चुडामणि शर्माको रिट निवेदन यहाँ पेश भएको छ’ सर्वोच्च स्रोतले भन्यो, ‘अध्ययनकै क्रममा छ, दर्ता गर्ने वा दरपीठ हुने केही टुंगिएको छैन ।’ शर्माले मुद्दाको सुनुवाइ सकेपछि एकपक्षीय रुपमा विशेषज्ञको राय लिएर विशेष अदालतले आफूलाई दोषी ठहर गरेको जिकिर गरेका छन् ।

प्रकाशित मिति:June 12, 2023