मुख्यसचिव वैरागीको राजीनामा, अर्याललाई नियुक्त गर्ने तयारी

  Sampatti News Online

June 15, 2023

काठमाडौं। मुख्यसचिव र राजदूत नियुक्ती गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आजको बैठकमा प्रधानमन्त्री कार्यालयमा रहेका सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी भएको छ। अहिलेका मुख्यसचिव शंकरदास वैरागीलाई मन्त्री स्तरको सेवा सुविधा दिने गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार, महालेखापरीक्षक वा राजदूतमा व्यवस्थापन गर्ने तयारी छ।

मुख्यसचिवको कार्यकाल नसकिंदै वैरागीलाई अन्त व्यवस्थापन गर्न लागिएको हो। मुख्यसचिव हुन लागेका अर्याल आगामी असार २ मा अनिवार्य अवकासमा जाने थिए। वैरागी परराष्ट्र सेवाबाट मुख्यसचिव बनेका थिए। उनले राजदूतको रुपमा भारत,चीन र अमेरिका नपाउने भए आफुलाई नेपालमै व्यवस्थापन गर्न प्रधानमन्त्रीसंग आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति:June 15, 2023