उड्डयन प्राधिकरणले सोध्यो महानगर प्रमुख बालेनलाई स्पष्टीकरण (पत्रसहित)

  Sampatti News Online

June 16, 2023

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहलाई स्पष्टीकरण सोधेको छ ।

विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण कार्य रोक्न निर्देशन दिएकोबारे उड्डयन प्राधिकरणले मेयरसँग स्पष्टीकरण माग गरेको हो ।

काठमाडौँ महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सिङ तार काटेपछि स्पष्टीकरण सोधिएको हो। उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।

बिहीबार नगर प्रहरी उपरीक्षक राजु पाण्डेले कुनै जानकारीबिना अन्य नगर प्रहरीलाई तार काट्न लगाएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका कर्मचारीले तार नकाट्दा अनुरोध गरेता पनि नगर प्रमुखको आदेशबमोजिम आफूहरूले सो कार्य गरेको उनीहरूले बताएका थिए।

प्राधिकरणले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तपाईँलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ ९१० बमोजिम सजाय किन नगर्ने होरु यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन प्राधिकरणको मिति २०८० र ०२ र ३२ को निर्णयानुसार जानकारी गराइन्छ।’ 

प्रकाशित मिति:June 16, 2023