यस्तो छ ४ असार २०८० आज सोमबारको राशिफल

  Sampatti News Online

June 19, 2023

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । अन्योलका बीच उन्नतिको मार्ग पनि भेटिनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लक्ष्मी प्रसन्न हुने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धार्मिक कार्य सफल रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो होला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यमा सरिक भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मानसिक शान्ति मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक यात्राको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज राजनैतिक कार्यमा बाधा आउनसक्छ । घाँटीमा समस्या आउला, तर सामाजिक र धार्मिक कार्यबाट सफलता मिल्नेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खानपिनमा बढी सावधानी अपनाउनु पर्नेछ । आँटेको काममा ढिलासुस्ती हुनसक्छ, तर अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ ।

प्रकाशित मिति:June 19, 2023