नेपाल ल क्याम्पसद्वारा छात्रवृत्तिका लागि दरखास्त आह्वान (सुचनासहित)

  Sampatti News Online

June 25, 2023

काठमाडौँ । नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा यस क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

नारायणप्रसाद देवकोटा छात्रवृत्ति–२०५५, शान्ता थपलिया पारिवारिक कानुन पुरस्कार–२०६१, डा. शकुन्तला उप्रेती छात्रवृत्ति–२०६७, विजयालक्ष्मी छात्रवृत्ति–२०७४ र मकसुदन चौधरी मेमोरियल पुरस्कार २०७५ समेतका छात्रवृत्ति तथा पुरस्कारका लागि योग्यता पुगेका विद्यार्थीले दरखास्त दिन सक्ने क्याम्पसले जनाएको छ । छात्रवृत्तिका लागि असार १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

प्रकाशित मिति:June 25, 2023