पछिल्लो २४ घण्टामा १ सय १६ जनामा कोरोना पुष्टि

  Sampatti News

July 14, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टा अर्थात मंगलबार नेपालमा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताएका हुन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।

त्यस्तै संक्रमितमध्ये हालसम्म १० हजार ३ सय २८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर ३४ जना घर फर्किएका छन्।

प्रकाशित मिति:July 14, 2020