एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

  Sampatti News

July 19, 2023

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । साथै पार्टी संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन् ।

आफू कम्बोडिया जाने भएपछि उनले पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी क्रमशः पोखरेल र नेम्वाङलाई दिएका हुन् ।

ओली गए राति नै कम्बोडिया प्रस्थान गरेका छन् । उनी त्यहाँ हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् । ओली साउन ८ गते स्वदेश फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति:July 19, 2023