नेपाली बजारमा आज सुनको भाउ हालसम्मकै उच्च

  Sampatti News

July 20, 2023

काठमाडौँ । सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ। बुधबार १ लाख १३ हजार १ सय रूपैयाँमा कारोवार भएको सुन आज ५ सय रूपैयाँले बढेको छ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार ५० रुपैयाँ कायम छ। यस्तै, आज चाँदीको मूल्य ५ रूपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ४ सय ९५ रूपैयाँमा कारोवार भइरहेको छ।

प्रकाशित मिति:July 20, 2023