सुन परीक्षणका लागि टक्सार महाशाखामा ल्याइयो

  Sampatti News

July 20, 2023

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘‘ब्रेक सु’ को नामबाट ल्याइएको करिब सय किलो सुन बरामद भएपछि परीक्षणका लागि बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा ल्याइएको छ ।

बरामद भएको सुन जाँच एवं परीक्षण गर्नका लागि राजस्व अनुसन्धान विभागले टक्सार विभागमा ल्याएको हो । सुनको परीक्षण गर्नका लागि राष्ट्र बैंकको टोली टक्सार विभाग आइसकेको छ ।

राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्‍याएको सुन बरामद गरिएको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा ६जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

प्रकाशित मिति:July 20, 2023