स्याङ्जाको पहिरोः ३ जना मृत्य, १ विपत्ता ३ को उद्दार

  Sampatti News

July 14, 2020

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ।

साही पहिरोमा १ जना बेपत्ता भएका छन् भने २ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ।

बिहान साढे ९ बजे गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य जारी रहेको छ।

घटनास्थलबाट नेकपा स्याङ्जाका अध्यक्ष सुर्य शर्मा ‘पारस’ को जानकारी अनुसार बेपत्ताको खोजीकार्य जारी रहेको छ।

‘घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको छ भने बेपत्ताको खोजीकार्य जारी छ,’ पारसले भने, ‘बिहानैदेखि प्रहरीको टोलीले उद्दार कार्य थालनी गरेको थियो।’

प्रकाशित मिति:July 14, 2020