बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

  Sampatti News

July 21, 2023

बैतडी । बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाउँमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना सदस्य बिरामी परेका हुन् । बिरामी हुनेमा ३५ वर्षीय टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन् । सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । उनीहरुमध्ये शारदाबाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित मिति:July 21, 2023