पूर्व प्रधानमन्त्री नेपालको समन्वयनमा रौतहटमा स्वास्थ्य सामाग्री प्रदान

  Sampatti News

July 16, 2020

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटका सुरक्षा निकाय तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ।


पुर्ब प्रधानमन्त्री नेपालको समन्वयनमा प्रदान गरिएका स्वास्थ्य सामाग्री गौरमा संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले हस्तान्तरण गर्नुभएको जानकारी सम्पत्ति न्युजलाइ प्राप्त भएको छ।

रौतहट कोरोनाको उच्च जोखिममा देखिएको क्षेत्र हो । जोखिम न्यूनिकरण तथा नियन्त्रणलाई ध्यान दिँदै वरिष्ठ नेता नेपालको समन्वयमा अमेरीका बस्ने नेपालीहरुको सहयोगमा सामाग्री सहयोग गरिएको सभापति खड्काले बताउनुभयो।


गौरमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई ५ लिटर सेनिटाइजर, २ सय थान केएन ९५ मास्क र सर्जिकल मास्क १ हजार थान यस्तै राजपुर, इशनाथ, गौर, परोहा नपाका प्रत्येक वडालाई एक सय केएन ९५ माक्स, सेनीटाइजर ५ लिटर र सर्जीकल मास्क एक हजार हस्तान्तरण गरिएको पूर्वसांसद राम कुमार भट्टराईले संचार कर्मिहरुलाइ जानकारी दिनुभयो।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, नेकपाका नेताहरु शम्भु साह, , चन्देश्वर राउत लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो । यसै बीच यस अघि पनि कोरोनाको त्रास बीच काठमाडौ उपत्यका बस्ने रौतहटवासी लाई खाना खुवाउने र खाद्यान्न बितरण गराउन ठुलै सहयोग गर्नुभएको थियो ।यसैगरी पुर्व प्रधानमन्त्री नेपाल कै पहल काठमाडौको बिजुली बजार स्थित संचार केन्द्र नेपालको हलमा दातको दुखाइबाट अस्पताल पुग्न नसकेका रौतहटवासी हरुलाइ झन्डै एक महिनाको समयबधी सम्म निशुल्क दन्त उपचारमा सहयोग गराउनु भएको थियो।यसैगरी पुर्व प्रधानमन्त्री नेपाल कै पहल काठमाडौको बिजुली बजार स्थित संचार केन्द्र नेपालको हलमा दातको दुखाइबाट अस्पताल पुग्न नसकेका रौतहटवासी हरुलाइ झन्डै एक महिनाको समयबधी सम्म निशुल्क दन्त उपचारमा सहयोग गराउनु भएको थियो।त्यसै बखत रौतहटबाट उपत्यकामा आएर मजदुरि गर्दै गर्दा लकडाउनले समस्यामा परेकाहरुलाई ठुलै संख्यामा खाद्य सामाग्री बितरण गरिदिनुभएको थियो।

प्रकाशित मिति:July 16, 2020