आज प्रतिनिधिसभाको बैठक बस्दै

  Sampatti News

July 31, 2023

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । यस्तै, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने भएको छ । यस्तैगरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछ ।

प्रकाशित मिति:July 31, 2023