व्यवसायसँगै घट्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा

  Sampatti News

July 31, 2023

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

व्यवसायसँगै लघुवित्तको खुद फि तथा कमिशन आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.८७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४०.८२ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४.१४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २३.४२ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा शून्यबाट ०.६६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ११ करोड ६५ लाख रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरण योग्य मुनाफा १५ रुपैयाँ ४४ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ४९ पैसा घटेर १७ रुपैयाँ १६ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ८६ पैसा रहेको छ।

१ अर्ब १४ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४३ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको सापटी २१.०७ प्रतिशत घटेको छ भने कर्जा लगानी २६.३३ प्रतिशत घटेको छ।

प्रकाशित मिति:July 31, 2023