यस्तो छ १६ श्रावण २०८०, आज मंगलबारको राशिफल

  Sampatti News Online

August 1, 2023

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कतै घुम्न जाने योजना बन्न सक्छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले काम सम्पन्न पनि हुनेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक र दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ, तर धार्मिक कार्यमा मन चैं लाग्नेछ ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धर्मकर्म, परोपकार तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ, तर मन भने कमजोर रहन सक्छ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्ला ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या र बुद्धिको विकास हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग पनि गर्नेछन् ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्नेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

प्रकाशित मिति:August 1, 2023