सुदूरपश्चिम सरकारमा सहभागी हुँदै नाउपा

  Sampatti News

August 1, 2023

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मङ्गलवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो । बैठकमा सहभागी नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषि राज्यमन्त्री, उसभामुख र दुई वटा संसदीय समितिको सभापति पाउने सहमति भएकाले नाउपा सरकारमा सहभागी हुने बताए । उनले बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुङ्गो लगाउने जानकारी दिए । यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी थियो । तर मन्त्रालयमा भागबण्डा नमिलेपछि नाउपा सरकारमा सहभागी भएको थिएन ।

प्रकाशित मिति:August 1, 2023