कोशीका सभामुख गौतमद्वारा राजीनामा

  Sampatti News

August 1, 2023

काठमाडौँ । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गौतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको बताए ।

गौतमले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन राजीनामा दिएको बताएका छन् । उनले आफ्नो राजीनामा निकास नभएको तर परिस्थितिवस राजीनामा दिएको बताएका छन् ।

प्रकाशित मिति:August 1, 2023