भागबन्डा मिलाउन सारियो मुख्यमन्त्रीको शपथ

  Sampatti News

August 2, 2023

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण कार्यक्रम सारिएको छ ।

मुख्यमन्त्री थापाले आज बिहान १०ः३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्रीको शपथ ग्रहण साँझ ५ बजेका लागि सारिएको हो ।

मुख्यमन्त्री थापाले मन्त्रालयको भाडबन्डा मिलाउन दलहरू छलफलमा रहेकोले शपथ ग्रहणको कार्यक्रम सारिएको बताए । मुख्यमन्त्री थापाले शपथ ग्रहणपछि गठबन्धन दलबाट एकरएक जनालाई मन्त्री बनाउने तयारी गरेका थिए ।

नयाँ मन्त्रीको सूचीमा एकीकृत समाजवादीबाट कमल जबेगु, काङ्ग्रेसबाट प्रदिप सुनुवार र सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम थिए ।

प्रकाशित मिति:August 2, 2023