रास्वपा का सभापतिले आफुले बोलेका कुरा पुरा गर्ने प्रतिबद्धता जनाए

  Sampatti News

August 2, 2023

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि १ सय भन्दा धेरै रोजगारी सृजना गरेको दाबी गरेका छन् । बुधबार समाजिक सञ्जाल मार्फत उनले, अहिलेका लागि एकसय जनाको लागि रोजगारी खोजिएको र पार्टीको नीति अनुसार चाँडै थप रोजगारी सृजना गर्ने बताए ।
उनले भनेका छन्, ‘यी विज्ञापनहरू विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदै छन्। चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौं, त्यो पनि ‘बिना ढेउवा के।’ ‘अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौं। मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु ।’उनले आफ्नो पार्टी जनता माझ गरेका प्रतिवद्धताबाट पछि नहटेकोसमेत दाबी गरेका छन् ।

प्रकाशित मिति:August 2, 2023