कोशीमा मिल्यो भागवण्डा मिल्दा, बाबुराम अर्थमन्त्री

  Sampatti News

August 2, 2023

विराटनगर । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १–१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्ने र उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलाएको हो । सभामुखबाट मंगलबार राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेको उनले बताए । मुख्यमन्त्री र मन्त्रीले मंगलबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।

विहान १० बजे नै शपथ ग्रहण गर्ने तयारी भए पनि काङ्ग्रेस र माओवादीभित्रको विवादले मन्त्री चयनमा ढिलाइ भएपछि बेलुका ५ बजेका लागि शपथ सारिएको हो ।

प्रकाशित मिति:August 2, 2023