एसीसी इमर्जिङ एसिया कप खेलेर नेपाली क्रिकेट टोली फिर्ता

  Sampatti News

August 3, 2023

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय टोली बिहीबार नेपाल फर्किएको छ । नेपाली टिमले समूह चरणमा खेलेका तीन मध्ये २ खेल हारेको थियो । एसीसी इमर्जिङ टिम्स एसिया कपपछि नेपालले श्रीलङ्काका ४ टिमसँग अभ्यास खेल खेल्यो । स्वदेश फर्किएपछि कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै श्रीलङ्का भ्रमणबाट धेरै कुरा सिकेको बताए । नेपालले ५ जना सिनियर खेलाडीलाई श्रीलङ्का लगेको थिएन । जसले गर्दा नेपाली टिममा युुवा खेलाडीको बाहुल्यता थियो । नेपाली युवा टिमले राम्रो एक्सपोजर सहित सिक्ने मौका पाएको कप्तान रोहित पौडेलले बताए । कप्तान रोहित हाल नेपाली टिम बिस्तारै सिक्दै र बढ्दै गरेको टिम भएकाले ठूलो आशा गर्नु व्यावहारिक नभएको बताए । उनले अफगानिस्तानको उदाहरण दिँदै नेपाली टिमले अहिले उच्च स्तरको टिमसँगको खेलेको हुनाले नतिजा आफ्नो पक्षमा नआएको बताए ।

प्रकाशित मिति:August 3, 2023