ग्लोबल टी–२० ः फाइनलमा आज सन्दीप र दीपेन्द्रको टिम भिड्दै

  Sampatti News

August 6, 2023

काठमाडौँ । नेपाली स्पीनर सन्दीप लामिछाने र अर्का खेलाडी दीपेन्द्र सिंह ऐरीको टिम ग्लोबल टी–२० क्यानडाको फाइनलमा पुगेका छन् । सन्दीप सम्मिलित सर्रे जागुअर्स र दीपेन्द्र सम्मिलित मोन्टेरियल टाइर्गसबीचको फाइनल आज आइतबार राति हुँदै छ । पहिलो क्वालिफर्यसमा भ्यानकुभेर नाइट्र्सलाई ३८ रनले पराजित गर्दै सन्दीप सम्मेलित सर्रे जागुअर्स फाइनल प्रवेश गरेको हो । यस्तै दोस्रो क्वालिफर्यसमा दीपेन्द्र सम्मेलित मोन्टेरियल टाइर्गसले भ्यानकुभेर नाइट्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
print sharing button
sharethis sharing button

प्रकाशित मिति:August 6, 2023