यस्तो छ आज २०८० साउन २४ गते बुधबारको राशिफल

  Sampatti News Online

August 9, 2023

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला ।

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर केही धन खर्च पनि हुनसक्छ ।

बृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ, तर उपहार प्राप्त हुनसक्छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ पनि रहनेछ ।

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग लामो समय पछि भेटघाट हुनेछ । समस्या सुल्झाउन पनि सकिनेछ ।

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज समग्रमा आजको समय मध्यम खालको रहेको छ । आफ्नै कार्यबाट मन सन्तुष्ट नहुनसक्छ, नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभदायक र खुसीको यात्रा हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

प्रकाशित मिति:August 9, 2023