२६ वर्षकै उमेरमा हसरंगाले गरे टेष्टबाट सन्यासको घोषणा

  Sampatti News

August 15, 2023

काठमाडौँ । श्रीलङ्काका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

हसरंगाले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएको श्रीलङ्का क्रिकेट बोर्डले जनाएको छ ।

उनले सेतो बल फम्र्याट अर्थात् टी(२० अन्तर्राष्ट्रिय र एक दिवसीय फम्र्याटमा भने निरन्तर खेल्नेछन् ।
हाल क्रिकेट जगतमा उत्कृष्ट लेगस्पिनर तथा अलराउन्डरको छवि बनाएका हसरंगाले २०२० मा दक्षिण अफ्रिकाकाविरुद्ध सेन्चुसरियनमा टेस्टमा डेब्यू गरेका थिए ।

उनले ४ टेस्ट खेलमा १९६ रन बनाउनुको साथै चार विकेट लिएका छन् । उनले पछिल्लो पटक २०२१ अप्रिलमा बंगलादेशविरुद्ध घरेलु मैदान पालेकेलेमा अन्तिम टेस्ट खेल खेलेका थिए ।

उनले ४८ ओडिआई खेलमा ६७ विकेट लिएका छन् । ब्याटिङतर्फ उनले ४ अर्ध शतकसहित कुल ८३२ रन बनाएका छन् । त्यस्तै ५८ टी९२०आई खेलमा ५३३ रन बनाउनुको साथै ९१ विकेट लिएका छन् ।

श्रीलङ्का क्रिकेट बोर्डले हसरंगाको सन्यास लिने निर्णय स्वीकार गरिसकेको छ ।

प्रकाशित मिति:August 15, 2023