काठमाडौँ जिल्ला क्रिकेट सङ्घको चुनाव आज, पारसका लागि महत्त्वपूर्ण

  Sampatti News

August 15, 2023

काठमाडौँ । काठमाडौँ जिल्ला क्रिकेट सङ्घको चुनाव आज हुँदैछ। अपराह्न ४ बजे कालिकास्थानमा हुने चुनाव नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काका लागि महत्त्वपूर्ण मानिएको छ। खड्का बागमती प्रदेशमा उठ्ने तयारी गरिरहेका छन्।

काठमाडौँ जिल्ला क्रिकेट सङ्घका निवर्तमान अध्यक्ष अमिरविर पाण्डे र दिवाकर घले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारी छ। ३६ जना सदस्यले १५ सदस्यीय जिल्ला समिति चयन गर्नेछन्।

काठमाडौँ जिल्लाले केन्द्रीय चुनावका लागि एक जना र प्रदेश चुनावका लागि ४ जना प्रतिनिधि पठाउने छ। जिल्ला समितिले साधारण सदस्यमध्येबाट पनि प्रतिनिधि पठाउन सक्ने कानुनी व्यवस्था रहेको छ।

क्यानको केन्द्रीय निर्वाचन आगामी असोज ५ र ६ गते हुँदैछ। त्यसअघि साउन मसान्तसम्म जिल्ला र भदौ २० गतेसम्म प्रदेशको चुनाव सम्पन्न गरिसक्नुपर्ने छ। प्रदेशले १३ सदस्यीय समिति चयन गर्ने छ भने आफ्ना सदस्य जिल्लाको आधा संख्यामा प्रतिनिधि केन्द्रीय निर्वाचनका लागि पठाउने छ।

प्रकाशित मिति:August 15, 2023