एसिया कपका लागि सन्दीप टिमसँगै पाकिस्तान नजाने

  Sampatti News

August 20, 2023

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि राष्ट्रिय टिमसँगै पाकिस्तान नजाने भएका छन्।

बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ लम्बिँदा उनी टिमसँगै पाकिस्तान नजाने भएका हुन्। आन्तरिक तयारी पूरा भएको खण्डमा राष्ट्रिय टिम बुधबार पाकिस्तान प्रस्थान गर्ने तयारी गरिरहेको छ।

उनको गत बिहीबार पछिल्लो पटक पेशी रहेको थियो। तर उक्त पेशीमा पनि अन्तिम सुनुवाइ हुन नसकेपछि उनी टिमसँगै पाकिस्तान जाने सम्भावना नभएको हो।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले टिमसँग सन्दीप पाकिस्तान नजाने बताए।

उनले सन्दीपको मुद्दाको अर्को पेशीको अहिले नै तय नभएको बताए। अदालतको आदेशअनुसार आमाको जन्ममिति प्रमाणीकरणपछि अर्को पेशी तय हुने घिमिरेले जानकारी दिए।

उनका अनुसार एसिया कप खेल्नका लागि जानेरनजाने अहिले नै तय भएको छैन।

प्रकाशित मिति:August 20, 2023