रवि लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

  Sampatti News

August 23, 2023

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्पसनबीच भेटवार्ता भएको छ।

बुधवार सभापति लामिछाने भेट्न राजदूत थम्पसन पार्टी कार्यालय वनस्थली पुगेर भेट गरेका हुन् ।

भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागी थिए।

भेटघाटमा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको जनाएको छ। भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदूतावासको उच्च प्राथमिकतामा रहेको महामहिम थम्पसनले जानकारी समेत गराए।

प्रकाशित मिति:August 23, 2023