कोशीका मुख्यमन्त्रीविरुद्ध रिट लिएर सर्वोच्च पुग्यो एमाले

  Sampatti News

August 23, 2023

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।

सोमबार मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीको पनि मत लिएर विश्वासको मत पाएका थिए । विश्वासको मत लिँदा संविधानको उल्लङ्घन भएको दाबीसहित रिट लिएर सर्वोच्च पुगेको एमालेका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति:August 23, 2023