कोसीका मुख्यमन्त्री थापाविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

  Sampatti News

August 24, 2023

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुने भएको हो । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको एकल इजलासमा पेशी तोकिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाका सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

सभामुख सरहको हैसियत हुने सभाका अध्यक्षले मत बराबर रहेको अवस्थामा मात्रै कुनै प्रस्तावमा मत व्यक्त गर्नुपर्नेमा त्यो अवस्था नभई मत व्यक्त गर्ने काम असंवैधानिक भएको दाबी गरेका छन् ।

न्यायाधीश खतिवडाको इजलासले कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछ ।

प्रकाशित मिति:August 24, 2023