अवैध संरचनामा महानगरको डोजर

  Sampatti News

August 27, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रमा नक्सा विपरीत बनेका संरचनाहरू भत्काउने कामलाई कायम राखेको छ । सोहीअनुसार अनामनगर क्षेत्रको धोबी खोला छेउमा रहेका घरहरूको नक्साविपरीतका संरचनाहरूमा आइतबार महानगरले डोजर चलाएको हो ।
मेयर बालेन्द्र शाह महानगरको मेयरमा निर्वाचित भएसँगै महानगरले अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखेको छ । महानगरले यसअघि काठमाडौँका विभिन्न स्थानमा अवैध संरचना हटाउने अभियान चलाइसकेको छ ।

प्रकाशित मिति:August 27, 2023