भृकुटीमण्डपमा गायक नबिन पौडेलको नेतृत्वमा बृहत् साँस्कृतिक महोत्सवको आयोजना सुरुहुँदै

  Sampatti News

August 28, 2023

काठमाडाैं। लोक तथा दोहोरी गायक नबिन पौडेल भृकुटीमण्डपको खुल्ला चौरमा बृहत् जनचेतनामूलक साँस्कृतिक महोत्सव २०८० भाद्र १६ गतेका दिन शनिबार आयोजना हुने । गायक पौडेलले संचालन गर्ने स्वीकृति इभेन्ट म्यानेजमेन्टले महोत्सवको सह–आयोजकहरूमा राष्ट्रिय स्वास्थ्य कोष, नेपाल होस्टेल एसोसिएसन अफ काठमाडौं, लायन्स क्लब अफ काठमाडौं भिक्ट्री, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल काभ्रेपलान्चोक जिल्ला समिति, सखी प्रतिष्ठान, राष्ट्रिय लोक संस्कृती संरक्षण प्रतिष्ठान नेपाल रहेका छन् ।

कार्यक्रममा करिब चार सय जना चर्चित एबम लोकप्रिय कलाकारहरु र करिब पाच हजार भन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अपेक्षा रहेको छ।

सो अबसरमा तिलगंगा आँखा अस्पतालका डाक्टरहरूबाट निःशुल्क आँखा शिबिर, कान्तिपुर डेन्टल कलेज र समाज डेन्टल कलेजबाट निःशुल्क दन्त शिबिर एवंम रक्तदान कार्यक्रम समेत सन्चालन हुनेछन्।

विभिन्न झाँकी सहित प्रस्तुत हुने कार्यक्रममा जनचेतनामूलक सडक नाटक, विषय बस्तुहरुमा आधारित दोहोरी, झाँक्री प्रस्तुती समेत रहनेछ।

लागूपदार्थ दुर्ब्यशन, सर्ने नसर्ने रोगहरु, सामाजिक सञ्जालको दुरुपयोग, सुर्तीजन्य पदार्थको नियन्त्रण, भ्रष्टाचार, सडक सुरक्षा, लैङ्गिक हिंसा एबम सुरक्षित बैदेशिक रोजगार सम्बन्धि जनचेतनामूलक सांस्कृतिक प्रस्तुतीहरु कार्यक्रममा रहनेछन् ।

आयोजक संस्थाका अध्यक्ष एबम महोत्सवका संयोजक गायक नवीन पौडेलका अनुसार गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, किर्तिपुर नगरपालिकाले सहकार्य गरेका छन्।

त्यसैगरी गरिमा बिकास बैंक, नेपाल टेलिकम, राष्ट्रिय बाणिज्य बैंक, कामना सेवा बिकास बैंक, भूगर्भ सिमेन्ट, ज्योती प्लाई, सुधार गृहहरूको छाता संगठन एफ डिडि आर, रिकभरि नेपाल, रोयल सुज, ग्रीन सिटी हस्पिटल, कान्तिपुर डेन्टल हस्पिटल, समाज डेन्टल हस्पिटल, भ्वाइस अफ चिल्ड्रेन, नमस्ते रोधी नाचघर बाफल, नगरकोट दोहोरी सांझ, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड , क्विन रोधिघर, दरबार रोधिघर, स्काइ पार्टी प्यालेस, विनायक हस्पिटल, गोधुली बैंक्वेट, स्टार अटो केयर,स्टार पार्टी प्यालेस, एन सि एग्रो टेक प्राली लगायतका संस्थाहरुको सहयोगमा यो जनचेतनामूलक कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिनेछ।

प्रकाशित मिति:August 28, 2023