चीनद्वारा अरुणाचललाई समेटेर नयाँ नक्सा सार्वजनिक

  Sampatti News

August 29, 2023

काठमाडौँ । चीनले भारतको अरुणाचल प्रदेशलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ ।

चीनको प्राकृतिक संसाधन मन्त्रालयले सोमबार अरुणाचल र अक्साई चीनलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो । चाइना डेलीका अनुसार उक्त नक्सालाई ‘२०२३ को चीनको स्टान्डर्ड नक्सा’ भनिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर भनेर चिनिने) मा लेखेको छ, ‘चीनको २०२३ को स्टान्डर्ड नक्सा सोमबार सार्वजनिक भएको छ ।

यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ड्रइङ विधिको आधारमा बनाइएको हो ।’

प्रकाशित मिति:August 29, 2023